प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई नै जनताको साथ रहेको प्रमाणित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई नै जनताको साथ रहेको प्रमाणित भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा शक्ति प्रदर्शन गर्न नेकपा बागमति प्रदेश कमिटीले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित जनसभामाको सहभागिताबाटै जनता ओलीकै पक्षमा रहेको स्पष्ट भएको हो ।

ओली नेतृत्वको नेकपाले आयोजना गरेको जनसभामा उपस्थित सहभागी अहिलेसम्मकै सवैभन्दा बढी हो । नेकपाले आजको सभामा कम्तीमा दुई लाख जनता उतार्ने घोषणा गरेको थियो । घोषणाअुनुसार नै जनता उल्लेख्य मात्रामा सहभागी भएका हुन । आजको सभामा जयनेपालदेखि केशरमहल, जमल घण्टाघरदेखि नारायणहिटी संग्राहलय अगाडि रहेको मञ्चसम्म नै खचाखच रहेको थियो ।

ओली नेतृत्वको नेकपाले आमसभामा जनता अटने ठाउँ खोज्दै जाँदा दरवारमार्ग रोजेको थियो । अन्य दलले २०–२५ हजार उपस्थित भए भरिने स्थल खोजे पनि ओली पक्षले कम्तीमा दुई लाख जनता सहजै अटन सक्ने गरी स्थान खोजेको थियो । सोही अनुसार जनसभामा अत्यधिक धेरै उपस्थित गराइएको हो । सभामा उपस्थित जनता देखेर प्रधानमन्त्री ओली निकै खुसी बन्नुभयो । उहाँले उपस्थितिले नै देशको तथ्य बताएको भन्दै अव कोही भ्रममा रहनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आजको उपस्थितिले नेपालकै मुल पार्टी कुन हो भन्ने स्पष्ट जवाफ मिलेको घोषणा गर्नुभयो । ‘अव पनि कुन पार्टी मुल पार्टी ? कुन पार्टी खास पार्टी ? कुन पार्टी सक्कली ? कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ? इतिहासमै सवैभन्दा बढी उपस्थितिको यो जनसभाले फैसला गरेन र ? फैसला गर्यो, कुन पार्टी मुल पार्टी हो भन्ने टुंगो लाग्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो पार्टी नै कम्युनिष्ट आन्दोलनको मुल पार्टी हो, कम्युनिष्ट आन्दोलनको मात्रै होइन, देशको मुल पार्टी हो, प्रमुख पार्टी हो, सवैभन्दा ठूलो पार्टी हो ।’ उहाँले देश बनाउने पार्टी पनि आफू नेतृत्वको पार्टी नै रहेको घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *