नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८५ हजार ५७३ वटा पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट २२७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार२९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४१ मा उक्लेको छ ।

हाल दुई हजार २७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेको छ । क्वारेन्टिनमा ९२ जना मात्र छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा दुई हजार ३३ जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *