कोभिड-१९ बाट नेपालगन्जमा कोहलपुर नगरपालिका १४ कि ६८ वर्षिया महिलाको मृत्यु

फाइल फोटो

कोरोना भाईरस कोभिड-१९ बाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा कोहलपुर नगरपालिका १४ कि ६८ वर्षिया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि माघ १० गते ति महिलाको कोरोना परिक्षण गरीएको थियो । पिसिआर परिक्षणमा कोरोना संक्रमण देखिएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेकी ति महिलाको आज दिउँसो ४ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयाे।

यससँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संक्रमितको सँख्या ५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *