बाँकेकाे कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको हो । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो ।
कोहलपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले अाइतबार सूचना जारी गरी नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय माघ १९ गते सोमबारदेखि २१ गते बुधबारसम्म पठनपाठन स्थगित गर्ने सार्वजनिक गर्नु भएको छ ।
बाँकेमा पछिल्लो समय चिसो अत्याधिक बढेको छ । चिसोका कारण विद्यालय जाने उमेरका बालबालिका सबैभन्दा बढि प्रभावित भएका छन् ।