बाँकेमा कोरोना खोप लगाएका १० जनालाई साइडइफेक्ट देखियो

बाँकेमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका १० जनामा साइडइफेक्ट देखिएको छ । नेपालगन्ज मेडिकल कलेजका चिकित्सक, नर्स र सरसफाइकर्मीमा साइडइफेक्ट देखिएको हो । बाँकेमा दुई दिनको अवधिमा करिव सात सयले कोभिड-१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन् ।

तीमध्ये १० जनामा वान्ता हुने, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको हो । उनीहरुमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् भने सात जना उपचारकै क्रममा छन् । उनीहरुरुको अवस्थामा सुधार हुँदै गएको डिस्चार्जको तयारी भइरहेको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा:नितेश कुमार कनोडियाले बताउनुभयो ।

डा:कनोडियाले पनि खोप लगाइसकेपछि शरीरमा सामान्य इफेक्ट देखिएको बताउनुभयो । ‘मैले हिजो खोप लगाएको थिएंँ, राती ज्वरो आयो, उहाँले भन्नुभयो–‘कोरोना विरुद्धको खोप मात्र होइन अन्य खोप लगाउँदा पनि यस्तो असर देखिन्छ । अहिले म पूर्णरुपमा तयार छु ।’ उहाँले सामान्य असर देखिंँदैमा डराइहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

भेरी अस्पताल खोप केन्द्रमा तीन दिनदेखि भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । भेरी अस्पतालका मेसु डा:प्रकाश थापाले पनि कोरोना भाइरस बिरुद्धको खोप मात्र नभएर जुनसुकै खोप लगाउँदा पनि सामान्य इफेक्ट परिहाल्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘शरीरमा इम्युनिटी पावर कम भएकालाई केही असर देखिन सक्छ, उहाँले भन्नुभयो–‘मैले पनि लगाए कुनै असर छैन् ।’

भ्याक्सिन लगाएका धेरै जसोमा हल्का ज्वरो आएको, टाउको दुखेको खवरहरु आएका छन् । चिकित्सकहरुले त्यसलाई सामान्य साइड असर भन्दै नआत्तिन भनेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *