भाईरस संक्रमणका कारण बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु

कोरोना भाईरस संक्रमणका कारण बाँकेमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रमा भारतीको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा उपचार गराईरहेकी कोहलपुर वडा नं. ११ निवासी भारतीको शुक्रवार विहान ५ बजेर २७ मिनेटमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयाे ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अनमी भारती माघ १३ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना हुनु भएकाे थियाे । योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *