आज शहीद दिवस


मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा शुक्रबार मुलुकभर शहीद दिवस मनाइन्छ। प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा शुक्रबार मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइ छ।

शहीद दिवस अर्थात् शहीद सप्ताहको अन्तिम दिन शुक्रबार काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम गरियो। शहीद स्मारकमा माल्यार्पण गरेर शहीदहरूप्रति सम्मान प्रकट गर्रने परम्परा छ ।

सो अवसरमा नेपाली सेनाले शहीद सलामी अर्पण गरेको थियो। शहीद दिवसको अवसरमा आयोजित विशेष समारोहमा सरकारका मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू पनि शहीद स्मारक पुग्रने गर्रदछन ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ तथा अन्य ज्ञात अज्ञात व्यक्तिहरूको बलिदानबाट २००७ सालमा नेपालमा १ सय ४ वर्ष लामो राणा शासन अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो। प्रजातन्त्र स्थापनामा योगदान पुर्‍याएका शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहको रूपमा मनाउने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *