दुई छोरीलाई विष खुवाएर आफुलेसमेत खाएकी आमासहित ३ जनाको मृत्यु

पश्चिम नवपारासीमा दुई छोरीलाई विष खुवाएर आफुले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ । सरावल गाउँपालिका वडा नमबर ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएको प्रहरीले जनाएको छ।

विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया अर्की छोरी हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिनुभयो। उनीहरुले बुधबार साँझ १० बजे विष सेवान गरेका थिए ।

विष सेवनपछि कोठामा चिच्चाएका उनीहरुलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लागिएको थियो । त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएकोमा बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डीएसपी लामाले जानकारी दिनुभयो।

उहाँका अनुसार मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा रहेको र उनीहरुको दुई छोरी मात्र रहेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *