आर्मी प्रधानमन्त्री कपको फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने


बागमती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश
बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो।

अब उपाधिका लागि आर्मीले नेपाल एपिएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आर्मीले दिएको २३० रनको लक्ष्य पछ्याएको बागमती ४०.२ ओभरमा १३५ रनमै अलआउट भयो।

खराब सुरुवात गरेको बागमतीका ‌ओपनर आकाश थापा शून्यमा आउट भए। लगत्तै बिभत्सु थापा ४ रन रनमा आउट भए। पृथु बाँस्कोटा १ रन आउट भए भने अदिल खानले १० मात्र जोड्न सके। इशान पाण्डे पनि शून्यमा पनि आउट भएका थिए।

सुरुवाती ब्याट्सम्यान सस्तैमा आउट भएको बागमतीले ८ ओभर चल्दै गर्दा ५ विकेटको क्षतिमा १८ रन मात्र जोड्न सकेको थियो।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले बागमतीको इनिङ्ग्स उकासेका थिए। तर ज्ञानेन्द्र ४७ रन र बिपिन २३ रनमा आउट भएका थिए गौतम केसीले ७ रन र रामनरेश गिरी ६ रन मात्र जोड्न सके।

नन्दन यादवले नटआउट २२ रन जोडे।

बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए। विक्रम शोव र सुशन भारी ३(३ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ५० ओभरमा २२९ रनमा अलआउट भयो।

आर्मीले पनि खराब सुरुवात गरेको थियो।

आर्मीका ओपनर हरि चौहान ३ रन र अनिल मण्डल २ रनमा आउट भएका थिए। रोहित पौडेल शून्यमै पेभिलियन फर्के। जसका कारण आर्मीले ८ ओभर चल्दै गर्दा ३ विकेट गुमाएको थियो भने केवल १७ रन जोडेको थियो।

लोकेश बम २३ रन जोडेर आउट हुनुअघि भीम सार्कीले ४० रनको योगदान दिएका थिए। राजेश पुलामी मगरले ९१ बलमा ६५ रन जोड्दा आर्मी सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए।

कप्तान विनोद भण्डारीले १० रन जोड्दा विक्रम शोबले ५८ रन बलमा ३५ रन बटुले। सुशन भारीले १६ रनको योगदान दिए।

बलिङमा बागमतीका गौतम केसीले ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा ६१ रन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *