प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको छ ।
उहाँले नेपालमा कोभिड १९ विरुद्धको थप खोप भित्र्याउन अन्य संघ संस्थासँग पनि छलफल गरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले खोप अभियान शुरु भए पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने जस्ता काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न आग्रह गर्नुभयो ।