आज कोहलपुर बजार बन्द हुने


कोहलपुर बजार महिनाको एक दिन बन्द गर्ने चलनको निरन्तरता दिदै विहिबार बजार बन्द हुने भएको छ । महिनाको हरेक १५ गते कोहलपुर बजार बन्द गर्ने निर्णय अनुसार आज बजार बन्द गर्न लागिएको कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघले महिनाको २ दिन बजार बन्द गर्दै आएकोमा कोरोनाका कारण उक्त क्रम रोकिएको थियो । कोरोनाको असर कम हुँदै गएपछि पुरानै परम्परालाई निरन्तरता दिने क्रममा महिनाको एक दिन (१५ गते) मात्र ब्यापार, ब्यवसाय बन्द गर्ने निर्णय भएको वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *