भुमिहिन जनताको घरमा पुगेर पुर्जा दिइन्छ: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली काेही पनि नेपाली नागरिक  अब भुमिहिन भएर बस्नु नपराेस भनेर सरकारले भुमि समस्या समाधान आयाेग मार्फत काम गरेकाे बताउनु भएको छ । साे कुरा आज बाँकेको जानकी गाउँ पालिकामा भुमि समस्या समाधान ईकाइ कार्यालयकाे उदघाट गर्दै बताउनु भएको हाे ।

मन्त्री ज्ञवालीले अब सिधै वास्तविक भुमिहिन जनताको घरमा पुगेर पुर्जा प्रदान गर्नेबताउनु भयो । सरकारले अर्को सहयोग गर्न गरिव घरमा पुग्दै छ, जसकाे फुसकाे छाना छन ति विस्थापित गरि सहज र सुविधायुक्त वासकाे सहयोग गरिएको बताउनु भयो ।
कार्यक्रममा आयाेगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले कसैले पनि भम्रमा पारि पुर्जा दिन्छु भनी जनतालाई ठग्न नपाउने बताउनु भयाे । उहाँले जनतालाई सहज हुने गरी घरघरमा सेवा दिने बताउनु भयो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष रामनिवास यादवले निश्पक्ष, न्यायीक र नीतिगत रूपमा जनतालाई भुमिकाे मालिक बनाउने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *