प्रधानमन्त्रीको सम्बोधन सुन्न बाँकेबाट सयौ कार्यकर्ता दाङ जाँदैः नेता भार


प्रधानमन्त्री केपी शर्मा ओलीले आज दाङमा गर्ने सम्बोधनमा सहभागिता जनाउन नेकपा बाँकेबाट सयौं नेता कार्यकर्ताको दाङ जाने नेता देवराज भारले जानकारी दिनु भयो ।
नेकपा केन्द्रीय सदस्य भारका अनुसार प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्कि पुलको उदघाटन पछि पार्टीको बहृत कार्यकर्ता भेला तथा आम सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिका बारेमा आमनागरिकलाई जानकारी दिन र कार्यकर्ता सम्बोधन गर्ने भएकोले स्वस्फुर्त बाँकेबाट नेकपाका नेता कार्यकर्ता दाङ जान लागेको बताउनु भएको छ । प्रधानमन्त्रीले लालमटीयामा हुने बृहत आमसभालाई दिउँसो १ बजे सम्वोधन गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *