प्रधानमन्त्री ओली आज दाङ आउदै

प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ आउन लाग्नुभएको छ ।लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती नदीमा बनेको नेपालकै दोस्रो लामो पक्कि पुलको उदघाटन र पाटीको बहृत कार्यकर्ता भेला तथा आम सभालाई सम्वोधन गर्नका लागी उहाँ दाङ आउन लाग्नुभएको हो । उहाँले पुलको उद्घाटन दिउँसो १२ गर्ने र लालमटीयामा हुने बृहत आमसभालाई दिउँसो १ बजे सम्वोधन गर्ने कार्यतालिका रहेको छ ।कार्यक्रमलाइ सम्बाेधन गर्रन  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अाइतबार नै दाङ अाइ पुग्नु भएकाे छ ।

राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुल तोकिएको समय भन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाईसक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यसैविच प्रधानमन्त्री ओली दाङ आउन लागेको हुँदा दाङमा नेकपा केपी शर्मा ओली समुहले तयारी तिव्र पारेको छ ।

सोमवार हुने पाटीको कार्यक्रममा जनसहभागिता गराउने गरी तयारी गरेको केपी समुह नेकपाका दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली संगै भौतिक पुर्वाधार मन्त्री बसन्त नेम्वाङ, सांसद लगाएत केन्द्रिय स्तरका नेताहरुको सहभागिता रहने छ ।

जिल्लाभरका गाउँ गाउँबाट गरी पचास हजार नेता कार्यकर्तालाई सहभागी गराउने गरी प्रचारप्रसार गरिएको उहाँले बताउनुभयो। साथै कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न अवलम्बन गरिएका नीति तथा कार्यक्रमको बारेमा जानकारी दिने र वर्तमान राजनीतिको अवस्था बारेमा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *