प्रचण्डले माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा आफै सडकमाः पोखरेल

फाइल फाेटाे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधवको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा आफै सडकमा पुगेको बताउनु भयो । घोराहीमा आईतबार भएको नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो
मुख्यमन्त्री पोखरेलले ‘प्रचण्डको प्रचलित भनाई म सुनाउन चहान्छु , उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्थ्यो’पोखरेलले भन्नु भयो‘ उहाँले हाम्रो पार्टीका बरिष्ठ नेता माधव नेपालको ढाडमा टेकेर केपीको टाउकोमा हिर्काउन खोज्दा प्रहारको निशानाचाहि उहाँहरुमाथि नै प¥यो र अहिले उहाँ सडकमा पछारिनु भएको छ ।’
दुई पार्टीबीच एकता भएपछि तीन महिना भित्र पार्टीका सबै कमिटिहरुको एकता गर्नुपर्ने भएपनि साढे २ बर्षसम्म एकता हुन नसकेको समेत उहाँले बताउनु भयो ।
यस बीचमा पदिय भागबन्डामा रुमलिएर प्रधानमन्त्रीलाई काम गर्न नदिएको भन्दै अहिलेको अबस्था आएको बताउनु भयो । ‘पार्टी भित्रैबाट एकतालाई अघि बढाउन नदिने, पदिय भागबण्डाका आधारमा सरकारलाई काम गर्न नदिने, मुलुकलाई अस्थिरता तर्फ लैजाने काम भयो’, उहाँले भन्नु भयो‘ यसले गर्दा प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभयो ।’
माथि नेतामा फुट भएपनि कार्यकर्तामा फुट नभएको समेत बताउनु भयो । विगतमा मालेमा भएका धेरै नेता कार्यकर्ता एउटा चुनाबसम्म मात्रै रहेको र चुनाब पछि पुनः एमालेमा फर्किएको इतिहास रहेको समेत जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *