नेपालमा अहिलेसम्म बीस लाख ३१ हजार ७५६ वटा पीसीअार परीक्षण

नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार ८६८ जना सङ्क्रमित निको भइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा नेपालमा पाँच हजार ३० जनाकाे अारटी पीसीअार परीक्षणमा ३३६  जना सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म बीस लाख ३१ हजार ७५६ वटा पीसीअार परीक्षण भइसकेका छन् ।

हाल तीनहजार ७९९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६८ हजार ३१० जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९७९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७९९ जना आइसोलेशनमा र १७२ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *