नेपालमा हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको

नेपालमा कोरोना भाइरसका ३४८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा चारहजार ९५६ जनाको पीसीआर परीक्षणमा ३४८ जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म नेपालमा बीसलाख २१ हजार ७१४ जनाको परीक्षण भएको छ ।

हाल तीनहजार ७६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ९९२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७६४ जना आइसोलेशनमा र १९० जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *