नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ निवासी गन्तीदेवी थारुले माघी पर्वको अवसरमा निलसागर असहाय असक्त तथा जेष्ठ नागरिक केन्द्रलाई खाद्यान्न सहयोग गर्नु भएको छ ।
आज माघी पर्वको अवसरमा केन्द्रमा बसेका जेष्ठ नागरिक सहित त्यहाँ रहनु भएकाहरुलाई पर्वको अवसर पारेर आमाको हातबाट खाद्यान्न सहयोग गरेको छोरी रामप्यारी थारुले जानकारी दिनु भयो । उहाँ अनुुसार आफ्ना सन्तान समाजसेवी तथा अधिकारकर्मी परिना चौधरी सहित हामी परिवारका सबै सदस्यहरु उपस्थितिमा निलसागरमा गएर ११ बोरा चामल १ बोरा चिनी १ बोरा दाल २ कार्टून तेल २५ केजी नुन २५ केजी दूध आश्रममा सहयोग उपलब्ध गराएको थारुले बताउनु भयो ।
निलसागर असहाय असक्त तथा जेष्ठ नागरिक केन्द्रमा खाद्यान्न आफ्नो आमाको हातबाट सहयोग गरेको अधिकारकर्मी परिना चौधरीले आफ्नो फेसबुकवालामा समेत लेख्नु भएको छ । अधिकारकर्मी चौधरीले माघेसक्रान्तिको उपलक्ष्यमा आश्रमका आमाबुवालाई भोजनको लागि सहयोग गरेको उल्लेख गर्नु भएको छ ।