नेकपा नेता यादवको निधन


नेकपाका केन्द्रीय कमिटिका सदस्य दिनेशचन्द्र यादवको काठमाण्डौमा उपचारकै क्रममा आज निधन भएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भईरहेको थियो । अस्पतालले उहाँको निधन भएको जानकारी दिएको सहयोगी सोहनलाल यादवले बताउनु भयो । उहाँ भुमि समस्या समाधान आयोगका वहालवाला केन्दीय सदस्य हुनुहुन्थ्यो ।

स्वर्गिय यादव वि.स.२००७ सालमा जन्मनु भएको थियो । उहाँको जन्म साविक लक्षमणपुर गाविस वडा नं. ७ बाँकेमा भएको थियो । उहाँ हालको नरैनापुर गाउँपालिका वडा नं.२ का स्थायी बसोबास गर्नु हुन्थ्यो । उहाँ संविधान सभा सदस्य भइ संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । उहाँका ४ छोरा, ५ छोरी र श्रीमती हुनुहुन्छ । उहाँ साविक नेकपा एमाले हुँदै नेकपा समेतको बाँके जिल्ला इन्चार्ज हुनु हुन्थ्यो ।

साविक लक्षमणपुर गाविस अध्यक्षबाट राजनीतिक र जनप्रतिनिधिको भूमिकामा रहनु भएका यादव राज्य मन्त्री समेत हनु भयो । संघीय सरकारको खानेपानी राज्यमन्त्री समेत भइसक्नु भएको थियो । सरल, मिलनसार र सालिन व्यक्तित्व यादवलाई बाँके जिल्लाबासी मात्रै हनै चिनजान भएका सबैले उहाँको व्यक्तित्वको प्रसंसा गर्ने गर्दछन् । उहाँ विरामी भए पछि भेरी अस्पतालमा उचार संभव नभएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *