नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिए

नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार ४३८ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ७११ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ७५० जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५३ हजार ८५७ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७० पुगेको छ ।
हाल ३६७ जना क्वारेन्टिनमा र पाँच हजार ७११ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *