लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताउनु भएकाे छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले यस्तो धारणा राख्नु भएकाे हाे ।
२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताउनुभयाे । एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उहाको भनाइ छ ।
‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ नेकपा ओली समूहको जिल्ला संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भन्नुभयाे, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’