बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ७७ जनाको मृत्यु

बाँकेमा उपचारका क्रममा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोरा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका- २ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको हो । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।

बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका -२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका- ९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ७७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *