कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको शुक्रवार मृत्यु भएको हो ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ का ५० बर्षीय पुरुषको विहान ६ बजे र कैलालीको लुम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ५८ बर्षीय पुरुषको बिहीवार राती २ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *