बालुवाटारमा ओलीपक्षको भेला, गृहमन्त्री पनि सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक किचलोले नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक फुटको अवस्थामा पुगिसकेको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादका तटस्थ रहेका गृहमन्त्री रामबहादुर थापा बादल ओली पक्षमा लाग्नुभएकाे छ।

प्रधानमन्त्री ओलीलाई भेट्नका लागि गृहमन्त्री बादल ११ बजेदेखि बालुवाटारमा पुगेको उहानिकट स्रोतले बतायो।

उहाँले हिजो पनि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो। आज पनि ११ बजेदेखि बालुवाटारमै हुनुहुन्छु स्रोतले भन्यो, उहाँहरु बीचको कुरा सकारात्मक भएको बुझिएको छ। आजको बालुवाटारको केन्द्रीय कमिटीको बैठकमा उहाँ बस्नुहुन्छ। पार्टीभित्रको विवादको क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको बेग्लाबेग्लै केन्द्रीय कमिटीको बैठक बसिरहेको छ।

पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओलीनिकट बैठकमा जानुभएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *