पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रक दुर्घटना तीन जनाको मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ना ३ ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करिडोरको भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। सिमेन्ट लगायतका सामान बोक्ने ट्रक बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदै गर्दा गैँडाकोट नगरपालिका-३ को सेतिभिरबाट अन्दाजी १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो।

उहाका अनुसार घटनास्थलमा ३ जना पुरुषको शव भेटिएको छ। उनीहरुको सनाखत हुन भने बाँकी छ। ट्रकमा कति व्यक्ति सवार थिए भन्ने नखुलेको र ट्रकमा एउटा जेनेरेटर मात्र भेटिएको डिएसपी खाँणले बताउनुभयो। अहिले इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक चन्द्रबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले भिरबाट मृतकको शव निकाल्ने काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *