बैतडीकाे डिलाशैनी गाउँपालिकाको लकडाउन २० दिनपछि खुल्यो

डिलाशैनी गाउँपालिकामा गरिएको लकडाउन २० दिनदेखि खुलेको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै गाउँपालिका कार्यालयले गत मंसिर १६ देखि लकडाउन घोषणा गरेको थियो।

लकडाउन खुलेसंगै गाउँपालिकाका सम्पूर्ण सेवा सञ्चालन भएका डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिनुभयाे। गाउँपालिकामा संक्रमणको जाखिम रहेकाले मंसिर १६ देखि २६ र मंसिर २९ देखि पुस ५ सम्म दुईपटक लकडाउन घोषणा गरिएको थियोे। समुदायस्तरमा संक्रमण फैलन नदिन लकडाउन गरिएकोमा हाल सामान्य बन्दै गएकोले खोलेका लकडाउन खोलिएको शाहले बताउनुभयाे।

लकडाउन खुलेसँगै गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, बजार, यातायात लगायतका सम्पूर्ण सेवा सञ्चालन भएका छन्। गाउँपालिकामा हालसम्म २९ जनामा संक्रमण पुष्टि हुँदा दुईजनामात्रै सक्रिय अवस्थामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *