बाँकेले ठुलो परिमाणमा ब्राउन सुगर बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणमा ब्राउन सुगर बरामद गरेको छ । लागु औषध नियन्त्रण महाअभियान सन्चालन गर्दै आएको बाँके प्रहरीले शनिबार कोहलपुर नगरपालिका १२ चप्परगौडीका ४५ ईन्द्रमणी गौतमलाई ४४ ग्राम ५२० मिलिग्राम ब्राउसुगरसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण व्युरो नेपालगंज शाखाबाट खटिएको प्रहरी टोलीले गौतमलाई कोहलपुर ११ एनटिभिरोडमा तलासी लिने क्रममा पाईन्टको खल्तीमा रहेको सेतो प्लाष्टिकको पुडियामा ठूलो मात्राको ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका गौतम यसअघि पनि जाजरकोट जिल्लामा लागू औषध चरेस मुद्दामा पक्राउ परी १८ महिना कैद भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *