कोरोना बाट बर्दिया बृद्धको मृत्यु

बाहिरी जिल्लाबाट कोरोनाको उपचारकालागि बाँके आएका थप एक ब्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणदेखिएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना गरीएका बारबर्दिया नगरपालिका १० का ७२ वर्षिय बृद्धको शनिबार शुक्रबार बेलुका मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन मानव नेपालीका अनुसार मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती ब्यक्तिलाई २७ गते बेलुका भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो । अस्पतालमा भर्ना गरेर रोगको प्रकृती अनुसार उपचार विधि अपनाईरहेकै अवस्था शुक्रबार बेलुका ८ः२० बजे उनको मृत्यु भएको नेपालीले पुष्टि गरेका छन । योसँगै बाहिरी जिल्लाबाट कोरोना उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको सँख्या ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *