पाकिस्तानका तिब्र गतिका बलर मोहम्मद आमिरद्वारा सन्यासको घोषणा

पाकिस्तान क्रिकेटका तिब्र गतिका बलर मोहम्मद आमिर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । पाकिस्तान क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग्गिने आमिरको निर्णयको पुष्टि गरेको छ ।

पीसीबीले एक वक्तब्य जारी गरी भनेको छ, “आमिरले अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने चाहना देखाएको छैन्, त्यसैले आगामी दिनहरुमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न विचार गरिने छैन् ।” देब्रे हातका तिब्र गतिका बलर मोहम्मद आमिर सन् २०१९ को मध्यतिर टेष्ट क्रिकेटबाट अलग्गिने निर्णयमा पुग्नुभएको थियो । त्यसताका उहाँले क्रिकेटको छोटो स्वरुपमा परेको चापलाई ब्यवस्थि तगर्न टेष्ट खेलबाट अलग्गिएको बताउनुभएको थियो ।

मोहम्मद आमिरले १४७ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा २५९ विकेट लिनुभएको छ । सन् २००९ को टी ट्वान्टी विश्वकपमा उहाँ सबैभन्दा बढी विकेट लिने बलर हुनुभयो । सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीका समेत उहाँ सबैभन्दा बढी विकेट लिने खेलाडी हुनुहुन्छ ।

सन् २०१२ देखि २०१७ सम्म पाँच वर्षको निलम्बनमा पर्नुभएका आमिर फर्किए लगत्तै पाकिस्तानलाई च्याम्पियन्स ट्रफी २०१७ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँले भारत विरुद्धको फाइनल खेलमा लण्डनमा मात्र १६ रन खर्चेर रोहित शर्मा, विराट कोहली र शिखर धवनको विकेट लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *