बाँकेमा क्षयरोगको संक्रमण बढदै

पछिल्लो समयमा बाँकेमा क्षयरोगको संक्रमण बढदै गएको छ । स्वास्थ्य कार्यालय बाँकेकी बरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले बिगतभन्दा यता बाँके जिल्लामा संक्रमणको संख्या बढ्दैं गएको बताउनु भएको छ ।

बिहिवार नेपालगन्जमा नेपाल क्षयरोग निवारण संस्था बाँकेले आयोजना गरेको ‘नेपालमा क्षयरोग र एच आई भी सेवाको पहूँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनीकरण’ कार्यक्रममा पौडेलले सो कुरा बताउनु भएको हो । त्यस्तै स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मान बहादुर नेपालीले पुग्नु पर्ने स्थानमा स्वास्थ्य संस्थाहरुको पहूँच पुग्न नसकेको बताउनुभयो ।

उहाँले पहूँच पुगेको स्थानमा क्षयरोग संक्रमण कम रहेको पनि जानकारी दिनुभयो । फोकलपर्सन नेपालीले पछिल्लो समय युवाहरु भन्दा बालबालिका र ज्येष्ठ नागरिकहरुमा क्षयरोगको संक्रमण बढि देखिएको भन्दै स्वास्थ्य बिभागले त्यहि कुरालाई लक्षित गरेर कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

सोहि अवसरमा आयोजक संस्था र सरोकारवालाहरु बीच समिक्षा बैठक पनि गरेको थियो । कार्यक्रममा क्षयरोगको परिभाषा, क्षयरोगीहरुले पाउनु पर्ने सामाजिक सेवाहरु, उनीहरुलाई गरिने बिभेद, क्षयरोग निवारणका लागि संचालन गरिएका क्रियाकलापहरुका बारेमा छलफल भएको थियो ।
संस्थाका कार्यबाहक अध्यक्ष बदरुद्दिन अन्सारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव सुन्दर शाक्यले गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाका प्रतिनिधीहरु, संचारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज लगायतका सरोकारवाला संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *