नेकपाको स्थायी कमिटी बैठक ५ गते, केन्द्रीय कमिटी १० गते

फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने तय गर्नुका साथै पुस ५ गते बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते सार्ने सर्वसम्बत निणर्य गरेको छ ।
सो कुराको जानकारी बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिनुभयो ।साथै बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ फिर्ता लिने र हिजो संवैधानिक बैठकमा संवैधानिक नियूक्ति बारे प्रधानमन्त्रीले कुनै सिफारिस नगर्नु भएको जानकारी समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *