कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको बाँकेमा मृत्यु

कञ्चनपुरकी कोरोना संक्रमित गर्भवती महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार गराइरहेकी शुक्लाफाँटा १० की २८ बर्षीया गर्भवती महिलाको गएराति सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो। उहा ३० हप्ताको गर्भवती हुनुहुन्थाे।

मंसिर २५ गते स्वास्थ्यमा समस्या आएपछि सेती अस्पताल धनगढीमा कोरोना जाँच गराउँदा भोलिपल्ट पोजिटिभ रिपोर्ट आएपछि त्यसै दिन साँझ उनलाई कोहलपुर कोभिड आइसोलेसन वार्डमा ल्याई भर्ना गरिएको थियो ।

यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ७० जना कारोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *