नेपालमा थप ९३६ कोरोना सङ्क्रमित ,१९९६ जना निको भएर घर फर्के

नेपालमा कोरोना भाइरसका ९३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार १८० पुगेको छ । एक हजार ९९६ जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल नौ हजार ८८१ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९५।३६ प्रतिशत रहेको छ । नेपालमा अहिले ४५७ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *