कुशल को उत्कृष्ट ब्याटिङमा , राप्ति ले जित्यो गौतम वुद्ध कप २०७७

गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रथम गौतम वुद्ध कप को फाइनल खेलमा राप्ति ले नारायणी माथि ९ रन को जीत दर्ता गरेको छ।

ब्याटिङ को लागि निम्तो पाएको राप्तीले निर्धारित २० ओभर को समाप्तिमा १४३ रन जोड्दै ८ विकेट गुमाएको थियो। टोलीका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल ले ३१ बलमा ४२ रन प्रहार गरे जसमा ४ छक्का र २ चौका समावेश थियो। कप्तान विनोद भण्डारी ले २८ रन जोड्दा सुमित महर्जन ले २२ रन जोडे।

नारायणी को बलिङ तर्फ साहब आलम ले आफ्नो ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट हात पार्दा सुशन भारी ले ४ ओभरमा मात्र १० रन खर्चिएर २ विकेट हात पारे।

१४४ रन को लक्ष पछ्याएको नारायणी ले निर्धारित २० ओभरमा मात्र १३४ रन जोड्यो। टोलीका लागि ईशान पाण्डे ले ३१ बलमा २१ रन प्रहर गर्दा ओपनर ब्याट्सम्यान रित गौतम ले ३३ बलमा २७ रन प्रहर गरे। ११४-५ को अवस्था मा रहेको बेला करण केसी र आरिफ शेख ब्याटिङ मा थिए। आरिफ शेख ३८रन मा आउट हुँदा करण केसी ले भने १ रन मात्र जोडे। नारायणी लाई अन्तिम ओभरमा १७ रन को आवश्कता थियो।

राप्ती को बलिङ तर्फ कमल ऐरी ले ३ ओभरमा १४ रन खर्चिएर १ विकेट हात पार्दा भुवन कार्की ले ४ ओभरमा २ विकेट हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *