असार मसान्त भित्र सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाउँछन्:अध्यक्ष ज्ञवाली

सुकुम्वासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाईसक्ने बताउनु भएको छ ।सोमबार कोहलपुरमा अयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले भुमिहीन तथा सुकुम्वासीहरको लागत लिने र प्रमाणीकरण गर्ने काम सुरु भई सकेको जानकारी दिदै सोही लागतका आधारमा असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बताउनु भयो । उहाँले लागत संकलन र प्रमाणीकरणका लागि देश भरका स्थानीयतहरुलाई काम गर्न निर्देशन दिई सकेको जानकारी दिनु भयो ।

कोहलपुरका नगर प्रमुख लुट बहादुर रावत उपस्थित रहेको कार्यक्रममा प्रमुख रावतलाई निर्देशन दिदै अबिलम्व भुमि सम्वन्धी काम गर्न अलग्गै कार्यलय र कर्मचारी व्यवास्थापन गर्न आग्रह गर्नु भयो ।

१५ दिन भित्र अघिल्लो आयोगले पुर्जा बितरण गरेर बिवादीत रहेका, वन क्षेत्र र बफर जोन क्षेत्रमा बसोवास गर्नेको लागत पठाउन पनि उनले आग्रह गरे । भुमीहीन दलीत र भुमिहीन सुकुम्वासीलाई जग्गा बितरण गर्ने काम प्राथमिकतामा रहेको बताउदै अध्यक्ष ज्ञवालीले निरन्तर १० बर्ष देखी जोतभोग गर्दै आएको पुरानो बन क्षेत्र भएपनि जोतभोग गर्नेलाई जग्गाधनी प्रमाण पुर्जा दिईने प्रष्ट पार्नु भयो ।

बिगतका आयोग कमजोर कानुनी धरातल र अस्थीर सरकार भएकै कारण काम गर्न नसकेको बताउँदै अध्यक्ष ज्ञवालीले भुमी ऐनको आठौ संसोधन मार्फत आयोगलाई कानुनी रुपमा पुर्ण बनाईएको धारणा राख्नुभयो । उहाँले नेपालको संबिधान नै भुमीहीनलाई वासोवासको व्यवस्था गर्ने भन्ने उल्लेख रेहकाले सरकारी, एलानी र पर्ती जग्गामा उनिहरुलाई बसोवासको व्यवस्था मिलाईने धारणा राख्नुभयो । आयोगलाई स्थानिय स्तरमा कामको सहजीकरण गर्न राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनीधी, भुमीहिनका क्षेत्रमा काग गर्ने संघ सस्थाका प्रतिनीधी सम्मीलीत सहयोग समती गठन गरिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *