बाँकेमा थप २० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज

सोमबार बाँकेका थप २० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन। यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९८४ पुगेको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेका ५ महिला र १५ पुरुष गरी थप २० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन। उनिहरुलाई मंसिर १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो।

विभिन्न आइसोलेसन केन्द्रमा १३८ जना सक्रिय संक्रमित उपचाररत छन्। बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ४ हजार १६३ रहेको छ भने १५ महिला र २६ पुरुष गरी ४१ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *