कञ्चनपुरका कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा मृत्यु

बाँकेमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका कञ्चनपुरको भिमदत्तनगर नगरपालिका वडा नम्बर १५ गोबरियाका ५४ बर्षीय पुरुषको गएराति साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो। स्वास्थ्यमा समस्या आएपछि सेती अस्पताल धनगढीमा भर्ना भई पिसिआर परिक्षण गराएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

तर, स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटसहित भेरी अस्पताल नेपालगञ्ज ल्याइएका उनको मंसिर २२ गते पुनः पिसिआर परिक्षण गरिएको थियो । त्यसै दिन उनमा कोरोना पुष्टि भएको थियो। उनको मृत्युसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ६९ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *