टिम राप्ती १२ रनले विजयी, ज्ञानेन्द्र मल्लको टिम बाहिरियो गौतमबुद्ध कपबाट

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगाशालामा जारी गौतमबुद्ध कप अन्तर्गतको दोस्रो खेलमा टिम राप्तीले टिम बागमती विरुद्ध १२ रनले जित निकालको छ।

टस हाररे पहिले ब्याटिङ्ग गरेको टिम राप्तीले आफ्नो २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो। राप्तीका लागि ब्याटिङ्गमा अमित श्रेष्ठले २६, कप्तान विनोद भण्डारी र शरद भेषवाकरले २१-२१ रन बनाएका थिए। टिम बागमतीका लागि बलिङ्गमा भने सामपाल कामी, सागर ढकाल र राशिद खानले सर्वाधिक २-२ विकेट लिएका थिए।

१३० रनको सामान्य लक्ष्य पछाएको टिम बागमतीले पुरै २० ओभर पनि खेल्न सकेन। टिम बागमती १९.४ ओभरमा ११८ रन बनाउदाँ अलआउट हुन पुगेको थियो। बागमतीका लागि ब्याटिङ्गमा सोमपाल कामीले २८ बलमा ३५ रनको पारी खेलेता पनि टिमलाई जित दिलाउन भने सकेन्न्। राप्तीका लागि बलिङ्गमा अभिनास बोहरा, कमलसिंह ऐरी, बसन्त कार्की र जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ्ग गदौँ सर्वाधिक २-२ विकेट लिएका थिए।

लगातार दुई खेलमा पराजित भएपछि ज्ञानेन्द्र मल्लको टिम बागमती गौतमबुद्ध कपबाट बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *