बाँकेका थप २८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज

आइतबार बाँकेका थप २८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९६४ पुगेको छ ।

जिल्ला कोभि-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेका १० महिला र १८ पुरुष गरी थप २८ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका छन । उनिहरुलाई मंसिर १८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

विभिन्न आइसोलेसन केन्द्रमा १५० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ४ हजार १५५ रहेको छ भने १६ महिला र २५ पुरुष गरी ४१ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *