कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ९ का ३८ बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार दिउँसो डेढ बजे मृत्यु भएको हो ।

उनलाई कार्तिक ५ गते कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल दैलेखमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या आएपछि कार्तिक ७ गते रेफर गरी भेरी अस्पतालमा भर्ना गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

रोगको प्रकृतिअनुसार सबै उपचार गरेपनि उनको दिउँसो मृत्यु भएको वलीले बताए । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ६७ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *