नेपालमा थप ८९९ कोरोना भाइरसका सङ्क्रमित,एक हजार ३५९ जना सङ्क्रमित निको

नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८९९ सङ्क्रमित थपिएकोमा एक हजार ३५९ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल ११ हजार ६७३ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म दुई लाख ३४ हजार २३१ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले हालसम्म १८ लाख २५ हजार ८६० जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६८९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *