समाज सेवा संस्था नेपालको सपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न

बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ हवलदापुर स्थित समाज सेवा संस्था नेपालको सपथ ग्रहण तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्थाको कार्तिक २२ गते सम्पन्न ४ औं वार्षिक साधारण सभा तथा दास्रो अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरु लाई सपथ ग्रहण गराइएको हो । संस्थाका कानुनी सल्लाहकार तथा अधिवक्ता लोक बहादुर शाहले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएकाे थियो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा उच्च अदालत तुलसीपुर नेपालगजका न्यायधिश केशवराज जोशीले समाजमा लागु औषध प्रयोगकर्ताको संख्या बढेको बताउदै यसको न्युनीकरणका लागी संस्थाले खेलेको भुमिका महत्वपुर्ण भएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका विधायक समितिका संयोजक भिम बहादुर नेपालीले समाज सेवा संस्था नेपालले कोहलपुर नगरपालिका भित्र सुचना प्रवाहको क्षेत्रमा खेलेको भुमिका स्रहानीय भएको र नगरपालिकाले संस्था संग सदैव सहकार्य गरेर जाने बताउँनु भयाे।

कार्यक्रममा एक्सन एड नेपाल र पुर्व कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । समाज सेवा संस्था नेपालका केन्द्रिय अध्यक्ष विनोद थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर नगरपालिका कार्यपालिका सदस्य शान्ति सुनार, कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख डिल्ली राज पोखरेल सामुदायिक प्रहरी सेवा कोहलपुरका रुपा बुढामगर लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *