बाँके सशस्त्र प्रहरीले बरामद गर्यो ठुलो परिमाणको कपडा

सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको ठुलो परिमाणको अवैध सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको गस्ती टोलीले शुक्रवार बिहान ४ बजे नेपालगञ्ज १५ को जमुनहामा भारतबाट भित्रिँदै गरेको अवैध कपडा लगायतका सामग्री बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा १९३ मिटर सुटको थान कपडा, उलनका सादा कपडा, उलन प्रिंटेड कपडा, १४ दर्जन बेल्ट, १२ मिटर रेग्जिन र ३० जोर जुत्ताको पाता रहेका छन्।

बरामद गरिएका अवैध सामग्रीको मूल्य २ लाख ६१ हजार ५४३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामानलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *