दक्षिण अफ्रिकी क्रिकेट टोलीले १४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ। आगामी वर्षको जनवरी २६ देखि फेब्रुअरी १४ सम्म दक्षिण अफ्रिकी क्रिकेट टोलीले पाकिस्तानमा दुई टेष्ट र तीन टी ट्वान्टी खेल्ने तय भएको छ।
अफ्रिकी क्रिकेट बोर्डका अनुसार जोहान्सवर्गबाट अफ्रिकी टोली जनवरी १६ मा पाकिस्तानका लागि प्रस्थान गर्नेछ। दश दिनको क्वारेन्टिनपछि रावलपिण्डीमा दुई म्याचको टेष्ट श्रृखंला सुरु हुनेछ। टेष्ट सम्पन्न हुने बित्तिकै अफ्रिकी टोली तीन म्याचको टी ट्वान्टी खेल्न लाहोर पुग्नेछ।
दक्षिण अफ्रिका पछिल्लो एक वर्षमा विश्व टेष्ट च्याम्पियनशीप खेल्न पाकिस्तान भ्रमण गर्ने तेस्रो टोली हुनेछ। श्रीलङ्काले यसैवर्षको सुरुवातमा पाकिस्तान भ्रमण गरेको थियो। लगत्तै बंगलादेशले खेल्यो।
श्रीलङ्का क्रिकेट टोलीको पाकिस्तान भ्रमणको क्रममा आतंककारी आक्रमण भए यता पाकिस्तानको घरेलु मैदानमा क्रिकेट गतिबिधि प्राय शून्य भएको थियो।