बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ९४ पुग्याे

बाँकेमा बिहीवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। बिभिन्न आइसोलेशनमा बसेका १३ पुरुष र ७ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन्।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। आइसोलेशनमा अब बाँकेका १ सय ५९ जना रहेका छन्।

हालसम्म बाँकेमा ४ हजार ९३ जनामा संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेमा ४० जनाको मृत्युु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *