जिल्ला हुलाकबाटै प्रेस पास र अनलाइन नविकरण हुने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रमजीवि पत्रकारको समस्या बुझेर जिल्लाबाटै प्रेस पास र अनलाइन नविकरणको ब्यवस्था मिलाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभरका पत्रकारको समस्या बुझेर यस्तो ब्यवस्था गर्नुभएको हो ।

प्रेस पास नविकरण र अनलाइन नविकरणका लागि सूचना तथा प्रशारण बिभागमै धाउनु पर्ने बाध्यताका कारण देशभरका पत्रकारले निकै सास्ती खेप्नुपरेको थियो । मन्त्री गुरुङले मन्त्री स्तरीय निर्णय गरी अवदेखि जिल्ला हुलाक कार्यालयबाटै सो काम गर्ने ब्यवस्था मिलाउनु भएको हो । ‘प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाईन नविकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरिएको छ,’ सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव डिल्लीराम शर्माले भन्नुभयो । मन्त्रालयले आज बिज्ञप्ती नै जारी गरी अव जिल्ला हुलाकबाटै यी काम हुने प्रष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *