प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको छ।
समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयो।
पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएकाे हाे। केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरालगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन्।
ती प्रदर्शनमा राप्रपाले आफ्नो समर्थन रहेको बताए पनि अन्य विभिन्न राजवादी समूहहरूको प्रदर्शनमा संलग्नता देखिएको छ।
यसअघि मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका केही गम्भीर विषयमा छलफल गर्न सर्वदलीय बैठक आवश्यक भएको बताउनु भएर्काे थियाे।