कोभिडको बहानामा म्याद थप्‍न दबाब दिँदै निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले कोभिड-१९ को संकटका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ।

महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड-१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताउनु भएकाे हाे।

कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताउनु भयाे। २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फगुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएको थियो। तर ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग उहाले गर्नु भएकाे छ।

असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत माग उहाले गर्नुभयाे।

यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझै पनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन भन्नु भयाे। निर्माण सामग्री अभावमा महँगी बढेको भन्दै बजार अनुगमन गर्न समेत उहाले माग गैर्नुभएकाे छ।

निर्माण क्षेत्रलाई चलायमान बनाउन आफूहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहले उल्लेख गर्नुभयाे। निर्माण भइरहेका आयोजनामा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्नेमा सरकारले ध्यान दिन नसकेको उहाले बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *