नेपालमा थप एक हजार ९६ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरसका एक हजार ९६ जना सङ्क्रमित थपिएका छन्। थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा आठ हजार तीनसय जनाको आरटी पीसीआर नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा:जागेश्वर गौतमले जानकारी दिनुभएको हो। हाल १३ हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ। हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ७५२ जना सङ्क्रमित निको भएका छन्। हालसम्म दुई लाख २५ हजार ८०५ जना सङ्क्रमित निको भइसकेका छन्। मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । कोरोना भाइरसबाट ९३.७ प्रतिशत निको भएका छन्।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ५९४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले हाल ५३६ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *