डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान मृत्यु

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ३ जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ का वडाका सचिव मन्जु त्रिपाठी, उनकी सासू आमा र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नारायण भट्टको घटनास्थलमै मृत्यु भएको थियो।

डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा शनिवार राती १ बजे दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट र डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरीलाई उपचारका लागि दिपायल पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *